इतिहासमा आज

पाराग्वेमा भीषण आगलागी ३ सय ९४ को मृत्य, ५ सय भन्दा बढी घाइते

पाराग्वेमा भीषण आगलागी ३ सय ९४ को मृत्य, ५ सय भन्दा बढी घाइते


सन् २००४ अगष्ट १ तारिख अर्थात आज भन्दा १३ वर्ष पहिला पाराग्वेको एक व्यस्त सुपरमार्केटमा आगलागी हुँदा ३ सय ९४ जनाको ज्यान गएको थियो ।

आगलागीमा परी ५ सय भन्दा बढी घाइते भएको पाराग्वेको गृहमन्त्रालयले जनाएको थियो । आगलागी भएपछि शक्तिशाली २ वटा विष्फोट भएका थिए । आगलगी हुँदा ढोका बन्द गरिएका कारण मानिसहरु बाहिर निस्कन नसकेको त्यहाँका अधिकारीहरुले जनाएका थिए ।

उक्त आगलागीमा सुपरमार्केटका सबै ढोका बन्द गर्न लगाएको भन्दै पाराग्वे सरकारले संचालकलाई सन २००८ मा ५ वर्षको जेल सजाय तोकेको थियो ।

विशेष