मनोरञ्जन

अनन्त शाहरुख खानलाई पनि छाडेनन् वितरकले, पैसा फिर्ता मागेरै छाडे

अनन्त शाहरुख खानलाई पनि छाडेनन् वितरकले, पैसा फिर्ता मागेरै छाडे

एजेन्सी । फिल्म ‘ट्युबलाइट’ ले गरेको घाटालाग्दो व्यापार पछि अभिनेता सलमान खानसँग वितरकले पैसा फिर्ता मागेजस्तै अर्का अभिनेता शाहरुख खान पनि यसबाट टाढा रहन सकेनन् । फिल्म ‘जब ह्यारी मेट सेजल’ को निराशजनक व्यापार पछि वितरकहरु शाहरुखको ढोका ढक्ढक्याउन पुगिसकेको भारतीय मिडियाले जनाएका छन् ।

स्रोतका अनुसार फिल्म वितरकले शाहरुखलाई म्यासेज पठाएर शाहरुखलाई सलमानको कदममा चल्न अनुरोध गरेका छन् । सलमानले पनि वितरकलाई फिल्म ‘ट्युबलाइट’ को व्यापार घाटा पछि ३२ करोड रुपैयाँ फिर्ता गरेका थिए । शाहरुखलाई वितरकहरुले यस्तो अनुरोध गरेको यो पहिलो पटक भएको बताइएको छ । यसअघिका फिल्मले ठिकै व्यवसाय गरेपनि शाहरुखले वितरकलाई भरपाइ भने तिर्नुपरेको थिएन ।

फिल्मले भारतबाट प्रदर्शनको दुई हप्तामा ६० करोड र विदेशबाट लगभग ६० करोडको व्यापार गरेको छ । सबै गरेर हालसम्म फिल्मले सय करोडको ग्रस कलेक्सन गरेको बताइएको छ । इम्तियाज अलि निर्देशत यस फिल्मलाई शाहरुखकै होम प्रोडक्सन ‘रेड चिलीज इन्टरटेन्मेन्ट’ ले निर्माण गरेको हो । शाहरुख र अनुष्का शर्मा अभिनित यो तेस्रो फिल्म हो ।

Hary and sejal

विशेष