Technology

नोकिया–८ स्मार्टफोन लञ्च, दुईवटा क्यामराले एकैसाथ भिडियो खिच्न सकिने

नोकिया–८ स्मार्टफोन लञ्च, दुईवटा क्यामराले एकैसाथ भिडियो खिच्न सकिने


काठमाडौं । नोकियाको एट स्मार्टफोन लञ्च भएको छ । नोकियाको ब्राण्ड स्वामित्व ग्रहण गरिरहेको एचएमडी ग्लोबल कम्पनीले लण्डनमा आयोजित एक समारोहका बीच आफ्नो फ्लागसीप स्मार्टफोन नोकिया एट सार्वजनिक गरेको हो ।

५ सय ९९ युरो मूल्य तोकिएको नोकिया ८ सेप्टेम्बरको सुरुदेखि नै बजारमा आउने बताइएको छ । एप्पललको नयाँ आइफोन अगाडि नै नोकिया ८ बजारमा पठाउने लक्ष्य एचएमडीको छ । साथै अर्को महिना ग्यालेक्सी नोट ८ सार्वजनिक गर्ने तयारी गरिरहेको सामसुङलाई पनि टक्कर दिने योजना उसको छ ।

नोकिया एट विश्वको यस्तो पहिलो एन्ड्रोइड स्मार्टफोन हो जसमा कर्ल जेइसको क्यामरा लेन्स प्रयोग गरिएको छ ।

यसमा डुअल क्यामरा मोड रहेको छ । जस अनुसार यो फोनका दुबै क्यामराबाट एकसाथ फोटो र भिडियो खिच्न सकिन्छ । नोकियाले यस फिचरलाई बोथी नाम दिएको छ । यो प्रविधि फेसबुक र यु ट्युबमा रियल टाइम ब्रोडकास्टिङमा निकै काम आउने देखिएको छ ।

विशेष