मुख्य समाचार

सरकारले बाढीपीडितलाई प्रतिदिन ७० रुपैयाँ दिने

सरकारले बाढीपीडितलाई प्रतिदिन ७० रुपैयाँ दिने

काठमाडौं । सरकारले तराईका बाढीपीडितलाई प्रतिदिन ७० रुपैयाँ दिने भएको छ । सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत् बाढीपीडितलाई खाना खर्चवापत एक महिनासम्म प्रतिदिन ७० रुपैयाँ दिने भएको हो । 

गृहमन्त्री जनार्दन शर्माले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् । उनले अब सीडीओले छिट्टै राहत रकम बाँड्ने बताए । गृहमन्त्री शर्माले बाढीपीडितलाई राहत दिन रकम अभाव रहेको बताउँदै सहायताका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान समेत गरे ।

 

विशेष