समाज

काठमाडौं महानगरका यी वडाध्यक्ष, जसलाई यौनकर्मी महिलाले समेत तान्न भ्याए

काठमाडौं महानगरका यी वडाध्यक्ष, जसलाई यौनकर्मी महिलाले समेत तान्न भ्याए

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ का वडाध्यक्ष हुन् चिनियाँमान बज्राचार्य । बज्राचार्यले वडाध्यक्षको जिम्मेवारी सम्हालेको तीन महिना पुग्नै लागेको छ । आफ्नो वडालाई कसरी नमुना बनाउने भन्ने चिन्ता उनमा देखिन्छ । 

उनकै वडामा पर्छ सुन्धारा, रानीपोखरी, घन्टाघर, रत्नपार्क क्षेत्र । तर सुन्धारा र रत्नपार्क क्षेत्रको छबी त्यति धैरै राम्रो छैन । तर नवनिर्वाचित यी वडाध्यक्षलाई त रत्नपार्कको बस्तुस्थिति थाहा मात्रै नभएको होइन, उनी आफै पनि पीडित भइसकेका रहेछन् ।

नागरिक दैनिकसँग उनले भनेका छन्, रत्नपार्क क्षेत्रमा साँझपख यौनकर्मीको मोलमोलाई हुँदा यो क्षेत्रको बेइज्जत भइरहेको छ । रत्नपार्कमा साँझपख हिँड्नसमेत मुस्किल छ । पैदलयात्रुलाई पनि तानातान गर्ने अवस्था छ । त्यसको असर प्रत्यक्ष रूपमा मैले समेत भोगेको छु । रत्नपार्क क्षेत्रमा हुने गतिविधिबारे प्रहरी प्रशासन समेत जानकार छ । कहिलेकाहीँ अनुगमन गरेर झारा टार्ने काम मात्रै गरिरहेको छ । अब प्रहरीसँग समन्वय गरेर समस्या समाधान गर्न केन्द्रित हुनेछु ।’

विशेष