समाज

नुहाउने क्रममा बेपत्ता

नुहाउने क्रममा बेपत्ता

त्रिशूली (नुवाकोट) । त्रिशूली नदीमा नुहाउने क्रममा बेलकोटगढी नगरपालिका–८ काशीटारका एक युवक शुक्रबार बेपत्ता भएका छन् । 

दाङ किकडा घर भएका २० वर्षीय झंकेबहादुर कुमाललाई आज अपराह्न नदीमा नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गल्छी– त्रिशूली– मैलुङ सडक आयोजनामा काम गर्दै आएका कुमाललाई तीन जना साथीसँगै त्रिशूलीमा नुहाउने क्रममा नदीले बगाएको हो । कुमालसँगै बगेका अन्य दुई साथी केही तल पुगेर उत्रिन सफल भए पनि कुमाल भने बेपत्ता भएको प्रहरीले जनाएको छ । रासस 

nuwakot

विशेष