मनोरञ्जन

५ वर्ष पानी बाराबार भएको रेखा र आर्यनको सम्बन्ध अहिले झाँगियो

५ वर्ष पानी बाराबार भएको रेखा र आर्यनको सम्बन्ध अहिले झाँगियो


काठमाडौं । विगत ५ वर्षदेखि एक–अर्काको नाम लिन नचाहाने अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापा पछिल्लो समय निकै नजिक भएका छन् ।

आर्यनले पनि रेखाको फिल्मको प्रचार–प्रसार सामाजिक सन्जालमा दिल खोलेरै गरिरहेका छन् । तर, केहि समय अगाडीसम्म अवस्था त्यस्तो थिएन । यी दुई एक–अर्काको नामसमेत सुन्न चाहन्थेनन् ।

आपसी मन मुटावकै कारण झन्डै ५ वर्षदेखि यी दुई जोडीले एकैस्टेज पनि शेयर गरेको थिएनन् भने एउटै पर्दामा नदेखिएको ८ वर्ष भैसकेको थियो । तर, यातिबेला यी दुइको सम्बन्ध हेर्दा लाग्छ कहिल्यै केहि भएकै थिएन ।

अहिले आएर यी दुई जोडीको सम्बन्ध ‘तँ’ सम्म पुगेको छ । रेखा भन्छिन, ‘मलाई सबैले गुरुआमा भन्दै हजुर तपाँई भन्थे तर आर्यनले पहिलो भेटमै तिमी भन्यो’ रेखाले किस्मत फिल्मको शुटिङको दिनलाई सम्झिदै भनिन ‘मलाई आफ्नै उमेरको कलाकारले साथीको रुपमा हेर्दा निकै खुसी लाग्यो र हामी राम्रो साथी भयौँ ।’

यी दुई जोडीको अभिनय रहेको फिल्म ‘रुद्र प्रिया’ आउँदो कार्तिक २ मा रिलिज हुँदैछ ।

विशेष