देश

निर्दयी बाबु, स्कुल नगएको भन्दै छोरीको हात भाँचिदिए

निर्दयी बाबु, स्कुल नगएको भन्दै छोरीको हात भाँचिदिए


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका जंगे बोहराले छोरीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।

घरमा नबस्ने, नियमित विद्यालय नजाने गरेको भन्दै बोहराले छोरी १२ वर्षीया मायालाई निर्मम तरिकाले कुटपिट गरेका हुन् । मायाको दाहिने हात भाँचिएको छ भने शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । घटना मंगलबार भएको भए पनि प्रहरीले भने बुधबार मात्र जानकारी पाएको थियो ।

जिल्ला अस्पताल म्याग्दीमा मायाको उपचारमा संलग्न डा. धिरेन मल्लले भने, शरीर बाहिरका चोटले शरीरभित्रसमेत असर गरेको छ । छोरी कुटपिट गर्ने बोहरालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पेश गरेको छ । म्याग्दीकी प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

विशेष