खेल

कर छलीको आरोप लागेका रोनाल्डो बयानका लागि अदालतमा उपस्थित

कर छलीको आरोप लागेका रोनाल्डो बयानका लागि अदालतमा उपस्थित


साउन १७ । कर छलीको आरोप लागेका रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बयानका लागि हिजो स्पेनी अदालतमा उपस्थित भएका छन् ।
बयानका क्रममा करिब डेढ घण्टा अदालतमै रहेका रोनाल्डोले आफ्नो पक्षमा प्रमाण पेश गरेको बीबीसीले उल्लेख गरेको छ । यद्यपी यसबारे रोनाल्डोले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिएका छैनन् ।

सर्वाधिक कमाई गर्ने खेलाडीमध्येका रोनल्डोले सन् २०१० यता १ करोड ४७ लाख यूरो कर छली गरेको अभियोग छ । पोर्चुगलका रोनाल्डोले भने सो आरोपको खण्डन गर्दै आएका छन् । सो अभियोग पुष्टी भए रोनाल्डोलाई साढे ३ बर्षको जेलसजाय र करिब २ करोड ८० लाख यूरो जरिवाना हुनसक्ने छ ।

गत बर्ष बार्सिलोनाका स्ट्राइकर अर्जेन्टिनी लियोनेल मेसीले पनि ४१ लाख यूरो कर छली गरेको अभियोग पुष्टी भएपछि स्पेनी अदालतले २१ महिनाको जेल सजाय सुनाएको थियो । यद्यपी जेल सजायको सट्टा मेसीले २ लाख ५२ हजार यूरो जरिवाना तिर्नसक्ने भन्दै गत महिना अदालतले यसअघिको आफ्नै निर्णय पूनरावलोकन गरेको छ ।

विशेष