इमरान खान होइन, आमीर खान हुन् बलिउडमा चुम्बनका बादशाह

एजेन्सी । बलिउडमा अभिनेता इमरान हासमीनलाई ‘सिरियल किसर मानिन्छ’ । तर, अभिनेता आमीर खानले इमरानको भन्दा बढि फिल्ममा किस सिन दिएको भारतीय मिडियाले जनाएको छ ।
सन् १९८४ मा फिल्म ‘होली’ बाट डेब्यु गरेका आमीरले सोही फिल्मबाट किट्टु गिडवानीसँग किस सिन दिएका थिए । त्यतिबेलादेखि लिएर २००९ मा आएको फिल्म ‘३ इडियट्स’ सम्म आउँदा आमीरले १४ फिल्ममा किस सिन दिइसकेका छन् ।
आमीरले सन् १९९६ मा आएको फिल्म ‘राजा हिन्दुस्तानी’ मा सबभन्दा लामो समयसम्मको लिपलक सिन दिएका थिए ।
Aamir Khan