खेल

यू–१५ साफ च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारत ९–० ले विजयी

यू–१५ साफ च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारत ९–० ले विजयी

काठमाडौ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको यू–१५ साफ च्याम्पियनसिप फुटबलअन्तर्गत भएको खेलमा भारतले सहज जित निकालेको छ ।

पहिलो खेलमा भारतले माल्दिभ्सलाई ९–० ले पराजित गरेको हो । भारतको सहज जितको लागि रभि बहादुर रानाले ह्याट्रिक गरे भने मोइराङथेम थोइबा सिंह, रिकि जोन साबोङ, विक्रम प्रताप सिंह र लालरोकिमाले एक–एक गोल गरे भने माल्दिभ्सले दुर्इ अात्मघाती गाेल गर्याे । 

खेलको २० औं मिनेटमा रभिले गोल गर्दै भारतलाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमै माल्दिभ्सले आत्मघाती गोल गर्दै भारतको अग्रता दोब्बर बनाइदियो । खेलको २६ औं मिनेटमा रभिले व्यक्तिगत दोस्रो गोल गरे भने ४१ औं मिनेटमा थोइबाले गोल गरेपछि पहिलो हाफमै भारतले ४–० को अग्रता लिएको थियो ।

दोस्रो हाफको खेलमा ४८ औं मिनेटमा रभिले आफ्नो ह्याट्रिक गोल पुरा गरे । त्यस्तै खेलको ५७ औं मिनेटमा रिकि, ७० औ मिनेटमा विक्रम र ८० औं मिनेटमा लालरोकिमाले गोल गर्दै भारतलाई ८–० को अग्रता दिलाइसकेका थिए । दबावमा परेको माल्दिभ्सले खेलको अन्तिम समयमा पुनः आत्मघाती गोल गरेपछि भारत ९–० गोल अन्तरले विजयी भयो ।

च्याम्पियनसिपको दाबेदार मानिएको भारतले अब अगष्ट २३ मा नेपालसँग खेल खेल्नेछ ।

 

 

u-15 saff championship

विशेष