खेल

युनाइटेडको लगातार दोस्रो जित, चार मिनेटभित्र तीन गोल

युनाइटेडको लगातार दोस्रो जित, चार मिनेटभित्र तीन गोल

 इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो जित निकालेको छ ।

लिगअन्तर्गत शनिबार बेलुका भएको खेलमा युनाइटेडले स्वान्सी सिटीमाथि ४–० को जित निकालेको हो । युनाइटेडको जितको लागि एरिक बेली, रामेलु लुकाकु, पउल पोग्बा र एन्थोनी मार्शलले गोल गरे ।

अवे मैदानमा भएको खेलमा बेलीले ४५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८० औं मिनेटमा लुकाकु, ८२ औं मिनेटमा पोग्बा र ८४ औं मिनेटमा मार्शलले गोल गर्दै टोलीलाई ४–० को जित दिलाए ।

यसअघि यो सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामलाई पनि ४–० ले नै हराएको थियो । दुई खेलबाट ६ अंक जोडेको युनाइटेड शीर्ष स्थानमा छ ।  

english premier league Manchester United

विशेष