नसिरुद्धिन शाह र राज बब्बरको यस्तो फिल्म, जुन रोकिएको २९ वर्षपछि रिलिज हुँदैछ
मुम्बई । भारतीय कवि, गजलकार एवं चलचित्र निर्देशक गुलजारको एउटा फिल्म २९ वर्षपछि रिलिज हुने भएको छ । उनले २९ वर्षअघि फिल्म ‘लिवास’ निर्माण गरेका थिए । यो फिल्म सेन्सरको समस्यालगायत विभिन्न कारणले अड्किएको थियो । अब भने यो फिल्म सिनेमा हलमा आउने भएको छ ।
यो फिल्ममा नसिरुद्दीन शाह, शावना आजमी, राज बब्बर, उत्पद दत्त, अनु कपुर, सविता बजाज, सुष्मा सेठलगायतको अभिनय रहेको छ । यो फिल्ममा त्यतिबेला आर डी बर्मनले संगीत दिएका थिए ।
फिल्मको कथा रंगमञ्च निर्देशक र उसकी पत्नीबीचको द्वन्द्वमा रुमलिएको छ । फिल्ममा उठाइएको विषयवस्तु र प्रस्तुतिका कारण यो फिल्म विवादमा परेको थियो । यो फिल्मविरुद्ध मुद्धा परेपछि लामो समयसम्म फिल्ममाथिको मुद्धा अदालतबाट किनारा लाग्न सकेको थिएन । केही समयअघि यो फिल्मलाई गोवाको इन्टरनेशनल फिल्म फेस्टिबलमा प्रदर्शन गरिएको थियो । फिल्मको विवाद सकिएपछि यसलाई अब रिलिज गर्न लागिएको निर्देशक गुलजारले बताएका छन् ।