मनोरञ्जन

लिजाले जितिन मिस तिज आइकन २०७४ को ताज

लिजाले जितिन मिस तिज आइकन २०७४ को ताज


काठमाडौं । हिजो शनिवार मिस तिज आइकन २०७४ को फिनाले सम्पन्न भएको छ । उक्त प्रतियोगिताकी विजेता लिजा श्रेष्ठ भएकी छिन् । त्यस्तै फस्र्ट रनर अपको उपाधी बन्दना पहाडीले पाएकी छिन् भने सोनम लामाा शाक्यले सेकेण्ड रनर अपको उपाधी पाइन् ।

टेनल ईभेन्ट्स प्रा.लीले आयोजना गरेको मिसेस तिज आइकन २०७४को मुख्य उद्देश्य विवाहित महिलाहरुलाई आफूमा भएको कला र क्षमताको विकास गर्ने अवसर दिएको थियो ।

विजेता लिजाले रु पचास हजार प्राप्त गरिन भने सेकेण्ड रनर अप बन्दनाले २५ हजार नगद पाइन । यस्तैगरि अन्य विजयी प्रतिस्पर्धीले पनि म्युजिक भिडियो र विज्ञापन खेल्ने अवसर पाउने आयोजकले बताएको छ ।

होटल र्याडिसनमा भएको फिनालेको कोरियोग्राफी अभिमन्यु शर्माले गरेका थिए । 

विशेष