मनोरञ्जन भिडियो

गजुरियल धमाका– दिस इज ‘ने फाल’ : नेता पाल्ने, जनता फाल्ने (भिडियोसहित)

गजुरियल धमाका– दिस इज ‘ने फाल’ :  नेता पाल्ने, जनता फाल्ने (भिडियोसहित)

काठमाडौं । मनोज गजुरेल स्टेज चढेपछि दर्शकहरु हाँस्न तयार भइहाल्छन् । हुँन पनि उनले विषय वस्तु यसरी जोडछ्न कि हाँस्न विर्सेकाहरु पनि उनको प्रस्तुती पछि हाँस्न बाध्य हुन्छन् । स्टेजबाहेकमा उनको कमेडी सितिमिति हेर्न पाइदैन । किनभने उनी स्टेजमै जमेका छन् । स्टेजमा मात्र सिमित किन हुन्छन् त मनोज गजुरेल ? यसमा उनको आफ्नो पनि व्यक्तिगत धारणा छ । यसबारे उनी भन्छन्, ‘मनोरञ्जन दिन फिल्म नै खेल्नुपर्छ भन्ने छैन । कतै न कतैबाट दर्शक, स्रोतासँग जोडिने हो । म जोडिइरहेकै छु ।

टेलिफिल्ममा, फिल्ममा, स्टेजमा सबैतिर एउटै मान्छे जाँदा म र अरुमा केही फरक पनि नरहला । केही फरक त हुनै पर्यो । सुन धेरै ठाउँमा पाइन्छ, हिरा कम ठाउँमा पाइन्छ । गजुरेल भन्छन्, ‘सबैतिर उपलब्ध हुने हो भने हिराको महत्व रहँदैन । यसो भन्दैमा मैले आफैलाई हिरा भनेको होइन, सन्दर्भ जोडेको मात्रै हो ।’

यतिबेला काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले करोडौंको गाडी किनेका र काठमाडौंका खाल्डाखुल्डी पुर्दिनँ भन्ने उनको जवाफबारे उनले भने, ‘यदि यस्तै काम गर्दै गए भने विद्यासुन्दर शाक्य होइन सिध्यासुन्दर शाक्य हुन्छन् ।’

केही दिनअघि गाइजात्राको स्टेज कार्यक्रममा डोनल्ड ट्रम्पको क्यारिकियचर गरेका गजुरेलले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वराजा ज्ञानेन्द्र शाहको पनि नक्कल गरिसकेका छन् । तर, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग के सम्बन्ध छ भन्ने प्रश्नमा उनले भने, ‘नेपाल अहिले विश्व राजनीतिबाट टाढा छैन । विशेषगरि गाइजात्रामा चर्चित मानिसहरुको व्यंग्य हुनाले अन्तर्राष्ट्रिय कभरेज पनि गर्न सकिन्छ । विश्व राजनीतिबाट नेपाललाई पनि प्रभाव परेको हुँदा डोनल्ड ट्र«म्पको प्रस्तुति सम्भव भयो ।’

उनीसँग गरिएको कुराकानी तलको लिंकमा हेर्न सक्नुहुनेछ ।

Manoj Gajurel gaijatra suru

विशेष