खेल

लिभरपुल र लेस्टर सिटीको पहिलो जित दर्ता

लिभरपुल र लेस्टर सिटीको पहिलो जित दर्ता

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुल र लेस्टर सिटीले पहिलो जित दर्ता गरेका छन् ।

लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसविरुद्धको खेलमा १–० ले जित हासिल गर्यो । पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा ७३ औं मिनेटमा साडिओ मानेले गोल गर्दै १–० को जित दिलाए ।

यसअघि लिभरपुलले यो सिजनको पहिलो खेलमा वाट्फोर्डसँग ३–३ को बराबरी खेलेको थियो ।

यस्तै शनिबार राति नै भएको अर्को खेलमा लेस्टर सिटीले ब्राइटनलाई २–० ले पराजित गर्यो । लेस्टरको जितमा खेलको पहिलो मिनेटमै शिन्जी ओकाजाकी र ५४ औं मिनेटमा ह्यारी मागुइरीले गोल गरे ।

प्रिमियर लिगको यो सिजनमा लेस्टरको पहिलो जित हो । यसअघि भएको आफ्नो पहिलो खेलमा लेस्टर आर्सनलसँग ४–३ ले पराजित भएको थियो ।

liverpool leicester city

विशेष