मनोरञ्जन

जब सलमान यी १५ वर्षीय धनी केटोलाई भेट्न पुगे

जब सलमान यी १५ वर्षीय धनी केटोलाई भेट्न पुगे

एजेन्सी । सलमान खान यतिबेला आफ्नो आउँदै गरेको फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङमा व्यस्त रहँदै आएका छन् । अली अब्बासको निर्देशनमा बनेको यस फिल्मको व्यस्त सेड्युलबाट समय निकालेर उनी अत्यन्तै धनी केटोलाई भेट्न पुगेका छन् ।

सलमानले भेटेका ती धनी केटा राशेद अहिले भर्खरै १५ वर्षका भए । राशेद कारको लिमिटेड भर्सन सीरीजका मालिक हुन् । उनले अफ्नो लागि फरारी कारलाई कस्टमाइज्ड पनि गरेर राखेका छन् ।

राकेशले सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेका एक भिडियोमा सलमान उनको कस्टमाइज्ड कार देखेर एकदमै खुशी देखिएका छन् । सलमान पनि गाडीका सौखिन हुन् । उनीसँग धरै लग्जरी गाडीहरु छन् । केही समयअघि शाहरुख खानले सलमानलाई करिब १.१० करोड बराबर पर्ने मर्सिडिज कार उपहार दिएको खबर पनि आएको थियो । आफ्नो व्यस्त जीवनशैलीको बाबजुद पनि सलमानले शाहरुखको एक फिल्ममा केमियो गरेका कारण उनलाई शाहरुखले उक्त कार उपहार दिएका थिए ।

salman meets the richest child

विशेष