समाज

नपुग भन्ने केहि छैन् तर शिक्षा भन्ने सम्पति छैन् अाफुसँग

नपुग भन्ने केहि छैन् तर शिक्षा भन्ने सम्पति छैन् अाफुसँग

पाेखरा । पढ्न समय र उमेर केहिले रोक्दैन यो सिद्ध गरेकि छिन् पोखरा चिप्ले ढुङा वडा नं ४ पराजुली मार्ग बस्ने गोमा पराजुलीले । उमेरले ५३ पुगेतापनि बाल्यकालदेखिको पढ्ने रहर कहिल्यै मरेन । उनी भन्छिन्, सानो छँदा अशिक्षित आमा बुवाले छोरी मान्छेले पढेनु हुँदैन भन्ने मान्यताले पढाएनन् । विद्यालयको आगन कहिले नटेकेकी पराजुलीे यहि वर्ष बैशाखको ४ गते जानकी आधारभुत विद्यालयमा भर्ना लिइन् र १० गतेबाट ड्रेसमै पढेन गइन ।

मैले भने सर बोल्न त जान्छु तर लेख पढ गर्न जान्दिन्
सूचना समाज संस्थामा आवद्ध भई काम गर्दै आएकी उनी त्यस विद्यालयमा अतिथि भएर जाँदा उनलाई त्यो विद्यालय आफु भर्ना हुन ठिक लाग्यो । उनी भन्छिन्, विद्यालय त अरु पनि थुर्पै छन् तर त्यसैमा भर्ना लिन रहर जाग्यो । उनले विद्यालयको प्रधानअध्यापकसँग आफुपनि यसमा पढ्ने कुरा राख्दा सर अच्चम मान्दै, यस्तो समाज सेवा गर्दै हिड्ने भएकोले पत्याएन्न् । मैले भने, सर बोल्न त जान्छु तर लेख पढ गर्न जान्दिन् तेसैले यहाँ भर्ना भइ पढ्छु । मैले मेरो घरायसी सबै जिम्मा पुरा गरिसके । छोराहरुलाई हुर्काए पढाए सबै आ–आफुनो ठाउँमा उन्नति गर्दै छन् । सरलाई बुझाए सम्झाए अनि सर पनि मान्नु भयो ।

पहिलो दिनः कक्षाका भाईबहिनीहरु मसँग नडराओस् भनेर साथी बनाउन...
पहिलो चोटी कक्षामा छिर्दा तीन कक्षाको भाई बहिनीहरुले मलाई टिचर भन्ठाने । मैले सबैलाई भने म पनि तिमीहरु जस्तै पढ्न आएको । म तिमीहरुको साथी हो भन्दै सबैलाई सुरुमा साथी बनाउन चकलेट बाडे । उनी भन्छिन्, मलाई स–सानो भाइ बहिनीहरुसँग पढ्न अफ्ट्यारो लागेन । भाइबहिनीहरुले पनि सहज नै बनाए । इच्छाले बाटो छेक्दैन भनेर होला मलाई पनि सानो भाईबहिनीहरुसँग पढ्न केहि अफट्यारो लागेन ।

काम गर्दा कुनै पदमा राखिदिनु हुन्थ्यो र पद सम्हाल्न जान्दिनथे
दुई छोरा छन् । बुहारीहरु पनि छन् । सबै अमेरिकामा उन्नतीको बाटो मै छन् । आफु पढ्न नपाए पनि छोराहरुलाई राम्ररी पढाएर विद्वान बनाउछु भनेर छोराहरुलाई पढाए । उनी भन्छिन्, 'जीवनको ठूलो सम्पति नै शिक्षा हो । शिक्षाको अगाडि अरु केहि समपति होइन् रहेछ । नपुग त केहि छैन् तर शिक्षा भन्ने सम्पति नै छैन् मसँग । भौतिक सम्पति आर्जिन पनि शिक्षाको सम्पति हुनु पर्यो पहिले त । जुक कामको लागि पनि चाहिले शिक्षा नै हो । अब आफु सामाजिक क्षेत्रमा हिडेनु पर्ने । र काम गर्दा कुनै पदमा राखिदिनु हुन्थ्यो र पद सम्हाल्न जान्दिनथे । अनि त्यहाँ अफुलाई शिक्षाको कमि खुब महसुस हुने । मलाई यो कुरोले खटक्यो । नभइ नहुने नै रहेछ शिक्षा लाग्यो । अनि पढ्न थालियो ।' उनी भन्छिन्, यहाँ र त्यहाँसम्म त होइन् सरिरले भ्याउने जेलसम्म पढ्ने रहर छ मेरो । स्वास्थ्यले र समयले साथ दिए एससिसि गर्ने कोसिस रहने छ ।

कसैकसैले त मर्ने बेला हरियो काक्रो पनि भने
फर्केर के गुमाए भन्दा पनि अब आउने समयमा शिक्षा भन्ने सम्पति आर्जन गर्नु छ । अहिलेसम्मको सहयोगले यहाँसम्म त पुगे । कसैकसैले त मर्ने बेला हरियो काक्रो पनि भने । भन्न त कोहि कोहिले बाकि छोडेन्न तर पनि आफु अडिरहे । कहिले काही आफुलाई पनि लाग्यो, एबा! कतै मैले केहि नराम्रो त काम गरिरहेको छुइन् । मैले पढ्दै गरेको थाहा भएर एफ एमले मेरो समाचार नै बनाएर लग्यो अनि नराम्रो गरेको रैनछु लाग्यो । खुसी लाग्यो, राम्रो लाग्यो । झन हौसला बढ्यो । अरुको भनाइको पछि लाग्नु हुन्न । अहिले म अत्याधिक खुसि छु ।

छरछिमेक र अन्य दिदीबहिनीसँग बस्दा अरुको कुरामात्र काट्ने
शिक्षा मात्र भए भोलि केहि नभएपनि हात र मुखले कमाउन सकिन्छ नि । र अर्को कुरा घर बसेर खालि अनावश्यक कुरा गर्नु भन्दा त स्कूल आएर पढेकौ ठिक लाग्यो । । मैले सरलाई भने मैले १०० प्रतिशत त सायद टिप्न सक्दिन तर २५ प्रतिशत भएपनि त सिक्छु नि । पढ्नको लागि पनि विभिन्न माध्यमबाट कोशिस गरे । घरमै पनि टिचर राखे । तर कहिले आउने कहिले नआउने । कहिले के ले डिस्टर्ब गर्ने कहिले केले । घरमै पढ भन्न मात्र सजिलो । तर घरमा पढ्न नसकिने एक्लै । छरछिमेक र अन्य दिदीबहिनीसँग बस्दा अरुको कुरामात्र काट्ने । र अरु बुढापाखासँग बस्दा दुखका कुराहरु मात्र हुने जुन आफुबाट त सामाधान नै हुन नसकिने । स्कूल आए केहि आर्जन पनि गरिने र अर्को बच्चाहरुसँग छुटै रमाइलो नै हुन्छ मलाई । ठिक छ, रमाउदै छु ।

विशेष