बाढीले सयाैँ पशुचौपाया मरे

बनियानी । एक साताअघि आएको बाढीमा परी झापा जिल्लामा सयौँ पशुचौपाया मरेका छन् ।
बाढीमा दुई हजार सात सय ७९ पशुचौपायाको मृत्यु हुँदा रू ४३ लाखको क्षति भएको जिल्ला पशु सेवा कार्यालयका छवि सुवेदीले जानकारी दिए । हालसम्म बाढीमा परी गाईगोरु २३ वटा, भैँसीराँगा १, खसीबाख्रा १०५, बंगुर ५६, बोइलर कुखुरा २२००, स्थानीय जातका कुखुरा ३८३ र हाँस ११ वटा मरेको कार्यालयले जनाएको छ । रासस
Jhapa animals