खेल

प्रिमियर लिगमा आर्सनल पराजित, म्यानुले स्वान्सी सिटीलाई हरायो

प्रिमियर लिगमा आर्सनल पराजित, म्यानुले स्वान्सी सिटीलाई हरायो

काठमाडाै‌‌ । इङ्गलिस प्रिमियर लिग फुटबलमा स्टोक सिटीसँग आर्सनल पराजित भएको छ ।

शनिबार राती भएको खेलमा जेसी रोड्रिग्वेजले ४७ औं मिनेटमा निर्णायक गोल गरेपछि स्टोक सिटी १–० ले विजयी भएको हो । प्रिमियर लिग फुटलबमा म्यान्चेस्टर युनाईटेडले भने लगातार दोस्रो फराकिलो जित दर्ता गरेको छ ।

अघिल्लो हप्ता वेष्ट ह्याम युनाईटेडलाई ४–० ले हराएको म्यान्चेस्टर युनाईटेडले हिजो स्वान्सी सिटीमाथि पनि ४–० कै जित निकाल्यो । खेलमा म्यान्चेस्टर युर्नाटेडलाई विजयी गराउन एरिक बेईली, रोमेलु लुकाकु, पउल पोग्बा र एन्टोनियो मार्टीयलले एक एक गोल गरे ।

राती भएको अर्को खेलमा सादियो मानेले गोल गरेपछि लिभरपुलले क्रिष्टल प्यालेसलाई १÷० ले हरायो । प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा साउथह्याम्पटनले वेष्ट ह्यामलाई ३–२ ले, वाट्फोर्डले बर्नमाउथलाई २–० ले, वेष्ट ब्रोमले बर्नलेलाई १-० ले तथा लेष्टर सिटीले ब्राईटनलाई २–० ले हराएका छन् ।

प्रिमियर लिगमा आज दुई खेल हुनेछन् । आज वेलुकी हडर्स्फिल्ड टाउन र न्युकासल युनाईटेड भिड्दा टोटनह्याम हट्सपरले चेल्सीसँग खेल्नेछ ।

विशेष