खेल

ला लिगाः बार्सिलोना र मड्रिडको पहिलो जित दर्ता

ला लिगाः बार्सिलोना र मड्रिडको पहिलो जित दर्ता

ला लिगाको नयाँ सिजनमा बार्सिलोना र रियल मड्रिडले आफ्नो पहिलो खेलमा विजयी भएको छ ।

आईतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई २–० ले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । खेलको ३६औं मिनेटमा रियल बेटिसका एलिन टोस्काले आत्मघाती गोल गरेपछि बार्साले अग्रता उपहार स्वरुप पाएको थियो । खेलको ३९ औं मिनेटमा सर्जि रोबेर्टोले गरेको गोल गरेर बार्सालाई २–० को अग्रता दिलाए ।

त्यसपछि दुवै पक्षबाट गोल हुन सकेन र बार्साले आफ्नो पहिलो जित दर्ता गर्न सफल भयो । जितसँगै बार्साले महत्वपूर्ण तीन अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आईतबारनै भएको अर्को खेलमा रियल मड्रिडले पनि आफ्नो पहिलो विजयी सुरुवात गरेको छ । मड्रिडले डिर्पोटिभो ला कोरुनालाई ३–० ले पराजित गरेको हो । मड्रिडको जितको लागि ग्यारेथ बेलले २० औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

त्यस्तै खेलको २७ औं मिनेटमा क्यासेमिरोले गोल गर्दै पहिलो हाफमा मड्रिडलाई २–० को अग्रता दिलाए । दोस्रो हाफको ६२ औं मिनेटमा क्रुशले निर्णायक गोल गर्दै मड्रिडलाई पहिलो खेलमै ३–० को जित दिलाए ।

समान तीन अंक जोडेको मड्रिड भने लिग तालिकाको शीर्ष स्थानमा छ ।

La liga Cup Real Madrid

विशेष