मनोरञ्जन

बलिउडमा सलमान भन्दा पनि धनी को ?

बलिउडमा सलमान भन्दा पनि धनी को ?

ऐजेन्सी । बलिउडका चर्चित तीन खान सलमान, शाहरुख र आमिरले पछिल्लो तीस वर्ष देखि बलिउडमा राज गर्दै आएका छन् । हालै सलमान र शाहरुखका चलचित्र ट्युबलाइट फ्लप भएको कारण बलिउडमा बिस्तारै उनीहरुका क्रेज घट्दै गइरहेको हल्लै चलेछ । जबकी विषय बस्तुले गर्दा अहिले पनि आमिरका चलचित्रले निकै राम्रो ठाउँ लिएको छ ।

चलचित्रबाटै आर्जन गरेको सम्पति कै कुरा गर्ने हो भने बलिउडमा जति बढी नाम सलमानको छ नाम भन्दा पनि बढी सम्पति शाहरुख खानसँग छ । सलमान खानको तुलनामा शाहरुख खान बढी धनी छन् । भारतीय मिडियाका अनुसार सलमान खानको हालको सम्पति १५ सय करोड छ, भने शाहरुख खानको ४ हजार करोड सम्पति रहेको छ ।

बलिउडमा शाहरुखले अत्याधिक लामो समय देखि नै स्ट्रगल गर्दै आएका छन् । मिहिनेतले बलिउडमा आफ्नो एकटिङबाट आफूलाई बादशाहको ट्याग दिन सफल भएका हुन् । तर पछिल्लो दुई वर्षदेखि दुवैका एक्टिङ खस्किदै गएको देखिन्छ ।

तर शाहरुख जती धनी भएतापनि बलिउडका भाईजान र सबैका मन मनमा राज सलमानले नै गरेका छन् । शाहरुख भन्दा पनि बेसी फ्यान फलोइङ सलमानको छ ।

 

विशेष