खेल

नेपाल ६–० को फराकिलो जित निकाल्दै सेमिफाइनलमा प्रवेश

नेपाल ६–० को फराकिलो जित निकाल्दै सेमिफाइनलमा प्रवेश

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी साफ यू–१५ च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ६–० ले पराजित गरेको छ ।

नेपालको जितको लागि ब्रिजेश चौधरीले दुई तथा दर्शन गुरुङ, रोशन रानामगर, आकाश बुढा मगर र रोशन दोङले एक–एक गोल गरे ।

नेपालले पहिलो हाफमै माल्दिभ्सविरुद्ध ४–० को अग्रता लिएको थियो । खेलको १० औं मिनेटमा ब्रिजेशले गोल गर्दै नेपाललाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसको १० मिनेटमै दर्शनले गोल गरे । कप्तान रोशनले ३६ औं मिनेटमा पाएको पेनाल्टीमार्फत गोल गर्दै अग्रता तेब्बर बनाए । आकाशले ४५ औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमै ४–० को अग्रता दिलाए ।

दोस्रो हाफको सुरुवातमै रोशनले नेपालको अग्रता बढाएका थिए । ब्रिजेशले ७३ औं मिनेटमा गोल गर्दै नेपाललाई ६–० को अग्रता दिलाए । सुरुवात देखिनै दबाबमा परेको माल्दिभ्सले भने खेल अवधि भर केही मौका बनाए पनि गोलमा परिणत भने गर्न सकेन ।

जितसँगै नेपाल समूह ‘बी’ बाट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह विजेताको लागि भने नेपालले बुधबार भारतसँग सामना गर्दैछ ।

football u-15 saff championship nepal

विशेष