खेल

सिटी मेस्सीलाई क्लबमा भित्र्याउन कीर्तिमानी रकम तिर्न तयार

सिटी मेस्सीलाई क्लबमा भित्र्याउन कीर्तिमानी रकम तिर्न तयार

स्टार फुटबलर लिओनल मेस्सीलाई म्यानचेस्टर सिटीले क्लबमा भित्र्याउन कीर्तिमानी रकम तिर्न तयार रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सिटीका प्रतिनिधी र मेस्सीबीचको छलफलमा क्लबले २ सय ७५ मिलियन पाउण्ड तिर्न तयार रहेको समाचार प्रकाशित छ । केही समयअगाडि मात्र क्लबले नेमारलाई बेचेपछि बार्सिलोना भित्र देखिएको असन्तुष्टीकै बेला सिटीले मेस्सीलाई कीर्तिमानी रकमको अफर गरेको हो ।

यसअघि बार्सिलोनाले गतमहिना एक विज्ञप्ति जारी गर्दै मेस्सीसँग चार वर्षको नयाँ सम्झौता हुन लागेको बताएको थियो । विज्ञप्ती अनुसार बार्सिलोनाले मेस्सीको पारिश्रमिक बढाउँदै हप्ताको एक मिलियन पाउण्ड भन्दा बढी बनाउने तयारी भएको समेत उल्लेख गरेको थियो । तर हालसम्म पनि बार्सिलोनाले मेसीसँग कुनै औपचारिक सम्झौता गरेको छैन ।

यसअघि पेरिस सेन्ट जर्मन (पिएसजी)ले कीर्तिमानी रकम १ सय ९८ पाउण्डमा नेइमारलाई बार्सिलोनाबाट खरिद गरेको थियो ।

manchester city offer

विशेष