मनोरञ्जन

कुर्वान अली खानको स्वरमा रहेकाे 'तिम्रो यादमा' भन्ने गीत सार्वजनिकः 'रोमियो'

कुर्वान अली खानको स्वरमा रहेकाे 'तिम्रो यादमा' भन्ने गीत सार्वजनिकः 'रोमियो'

काठमाडौँ । एचआरके प्रोडक्शनद्वारा तयार पारिएको नेपाली चलचित्र रोमियोको 'तिम्रो यादमा' भन्ने गीत सोमबार सार्वजनिक भएको छ । 'ल्याङ ल्याङ' पछिको तिम्रो यादमा भन्ने दोश्रो गीत हो । 'ल्याङ ल्याङ' गीतले बजारमा निकै राम्रो ठाउँ लिन सफल भएकाे छ ।

यस गीतमा शब्द, संगीत र स्वर कुर्वान अली खानको छ भने महिला तर्फ अमृता लिम्बुको स्वर रहेको छ । यस गीतको भिडियोमा मुख्य भुमिकामा रहेको हसन राजा खान, ओसीमा बानु र निशा अधिकारी नै एक अर्काको यादमा तड्पीरहेको देखाइएको छ । यस चलचित्रमा मेलिना मानन्धरको पनि मुख्य भुमिका रहेको छ ।

यहि वर्षको कार्तिक १७ गते रिलिज हुने चलचित्र 'रोमियो'को निर्देशक शंकर कार्की हुन् । कार्यकारी निर्मातामा मिलन सापकोटा छन् भने सम्पादक सुरेन्द्र पौडेल रहेका छन् ।

चलचित्रका निर्माता तथा कलाकार हसन राजा खान भन्छन्, 'ल्याङ ल्याङ गीतलाई दर्शकले जती माया गरेर हेरिदिनुभएको छ, त्यसरी नै यो गीतलाई पनि सुनिदिन आग्रह गरे र साथै मन पराइदिनु हुन्छ भन्ने आशा गर्दैछु ।'

भिडियो हेर्न तल क्लिक गर्नु

">

 

विशेष