देश

पहिरोले ट्याक्सी पुर्यो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले ट्याक्सी पुर्यो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

साउन १८ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघा, काउचेमा मध्यपहाडी पुष्पलाल लोकमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी चालक घाइते भएका छन् ।

मंगलबार साँझ गलकोटदेखि मनेवा जाँदै गरेको ध १ ज ६५७ नं को ट्याक्सी पहिरोमा पर्दा चालक थम्मन परियार घाइते भएका हुन् । चालक परियारमात्र सवार ट्याक्सी गुडिरहेकै अवस्थामा पहिरो खसेको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा ट्याक्सीको सिसा फोरेर परियार भाग्न सफल भएको खरबाङ्ग प्रहरी चौकीका हवल्दार कमल भट्टराईले बताए ।  “चालकको टाउको, पिठ्युँमा चोट लागेको छ, अवस्था सामान्य नै छ” हवल्दार भट्टराईले भने, “पहिरोबाट उद्धार गरी उपचारको लागि अस्पताल पु¥याइएको छ ।” ट्याक्सीको पछाडिको भाग पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

डेढसय मिटर माथिबाट खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको ११ नं वडाका अध्यक्ष डम्बर श्रीसले बताए । पहिरो साँझपख खसेको र पानी परिरहेको हुुँदा तत्काल पहिरो पन्छाउन नसिएको उनको भनाइ छ ।

सडक अवरुद्ध भएपछि बुर्तिवाङ, खरबाङलगायतका क्षेत्रदेखि सदरमुकाम र बाहिरी जिल्ला चल्ने यातायात प्रभावित भएको छ । प्रहरीका अनुसार पहिरो हटाएपछि आज दिउँसोदेखि सडक सुचारु हुनेछ ।

विशेष