समाज

पशुपतिमा रहेको प्राचीन ‘गुरु साहेब ग्रन्थ’ गायब पार्न भण्डारा बन्द गरियो (भिडियोसहित)

पशुपतिमा रहेको प्राचीन ‘गुरु साहेब ग्रन्थ’ गायब पार्न भण्डारा बन्द गरियो (भिडियोसहित)

साउन १८ । पशुपतिनाथ मन्दिर क्षेत्रमा शिख धर्मावलम्वीहरुको एक प्राचीन हस्तलिखित ‘गुरु साहेब ग्रन्थ’ गायब पार्ने प्रपञ्च रचिएको छ । शिखहरुको महान ग्रन्थको सो प्रति विश्वमा रहेका १२ मध्येको एक मानिन्छ । 

सो ग्रन्थ गायब बनाउने योजना यसअघि पनि भएको बताइन्छ । सो ग्रन्थ अहिले पशुपति क्षेत्रमा रहेको निर्मल अखडामा रहेको छ । सो ग्रन्थको हेरचाह गर्ने जिम्मेवारी स्वामी गोकुलानन्द भनेर चिनिने गोविन्द गिरीलाई दिइएको छ ।

निर्मल अखडामा विगत एक वर्षदेखि गरिब दीनदुःखीहरुका लागि निःशुल्क खाना खुवाउने गरिएको थियो । निःशुल्क खाना खुवाउने कार्यक्रमले मानिसहरुको चहलपहल बढेपछि अहिले निर्मल अखडाका विचारी (हेरबिचार गर्ने) गोविन्द गिरीले त्यस्तो भण्डारा बन्द गराइदिएका छन् ।

निःशुल्क भोजनका अभियन्ता दयाराम अग्रवालले गुरु साहेब ग्रन्थ गायब पार्न भण्डारा बन्द गरिएको बताए । यसमा निर्मल अखडाका विचारी गोविन्द गिरीको संलग्नता रहेको आरोप पनि उनको छ ।

 

विशेष