मनोरञ्जन

संगीतकार राइमन राईद्वारा आत्महत्या !

संगीतकार राइमन राईद्वारा आत्महत्या !


साउन १८ । संगीतकार राइमन राईले आत्महत्या गरेका छन् ।

धरान–११ सिर्जनाचोकस्थित आफ्नो फुपुको घरमा बस्दै आएकोमा मंगलबार राति १ बजे ढोका थुनेर झुन्डिएको अवस्थामा आफन्तले देखेपछि प्रहरीलाई बोलाइएको थियो । ३८ वर्षीय राईले पाँच दर्जन गीतमा संगीत गरेका छन् । उनका पुर्ख्यौली घर भोजपुर हो ।

‘भाग्यमा नै थिएन होला शायद हाम्रो मिलन’गाएर निकै चर्चित भएका गायक राईले थुप्रै गित गाएका थिए । स्थानीय स्कुलमा अस्थायी शिक्षकको रुपमा शिक्षण समेत गर्दै आएका थिए । किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीका पूर्वअध्यक्ष समेत रहेका थिए ।

उनले आफ्ना साथीहरुलाई ‘मलाई कसैले मार्नका लागि पच्छ्याउँदै छ’ भनेर बारम्बार भन्ने गरेका थिए ।  उनको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको धरानमा राखिएको छ ।

विशेष