देश

सामुदायिक वनमा पाटेबाघ देखा परेपछि....

सामुदायिक वनमा पाटेबाघ देखा परेपछि....

साउन १८ । दुर्लभ पाटेबाघ देखा परेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित श्रीकृष्ण सामुदायिक वन प्रवेशमा निषेध गरिएको छ ।
सामुदायिक वन क्षेत्रमा एक सातादेखि निरन्तर पाटेबाघ देखा पर्न थालेपछि उपभोक्तालाई वन छिर्न निषेध गरिएको हो ।  

“वन छिर्ने र पाटेबाघको सुरक्षाका लागि सार्वजनिक सूचना जारी गरी उपभोक्तालाई खबरदारी गरेका छौँं” सामुदायिक वनका उपाध्यक्ष राजेन्द्रबहादुर ऐरले भने ।

वन संरक्षणमा जोड दिएपछि जंगली जनावर बदेँल, बाँदर, चित्तललगायतको संख्या वृद्धिसँगै दुई दशकपछि वयस्क पाटेबाघ समेत देखा परेको उनले जानकारी दिए ।

सामुदायिक वनमा प्रशस्त अहारा भएकाले पाटेबाघ देखा परेको सामुदायिक वनका अध्यक्ष करन सिंह ऐरले बताए । पाटेबाघ शुक्लाफाँटा राष्ट्रि«य निकुञ्जबाट सामुदायिक वन क्षेत्रमा आएको हुनसक्ने बताइएको छ । ३२८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन जिल्लामै संरक्षणका हिसाबले उत्कृष्ट मानिन्छ छ ।

विसं.२०५४ मा स्थापना भएको सामुदायिक वनमा सातसय बढी उपभोक्ता आश्रित छन् ।

विशेष