मनोरञ्जन

फिटनेसपछिमात्र साथीभाइलाई समय दिन्छन् टाइगर श्राफ, यस्ता छन् उनका फिटनेस फर्मुला

फिटनेसपछिमात्र साथीभाइलाई समय दिन्छन्  टाइगर श्राफ, यस्ता छन् उनका फिटनेस फर्मुला

साउन १८ । चटक्क मिलोको जिउडाल र फिटनेसको मामलामा बलिउड कलाकार टाइगरर श्राफ अघि नै छन् । उनको फिट र लचकदार ज्यानमा फिदा हुनेहरु थुप्रै छन् । बलिउडमा इन्ट्री मारेपछि फिटनेशमा उनले अझ धेरै मेहनत गरेका छन् ।

उनी फिट रहनका लागि घन्टौं जिममा बिताउने, ज्यान लचकदार बनाउन नृत्यमा पनि उत्तिकै समय दिने मात्रै होइन, खानपानमा उनी बढी सतर्क र अनुशासित छन् । टाइगर सानैदेखि आफ्नै पिता ज्याकी श्राफबाट प्रभावित थिए । त्यसैले उनले सानैदेखि खेल क्षेत्रमा आफूलाई समाहित गरे । उनले मार्शल आर्ट, एथ्लेटिक र नृत्य सानैदेखि गर्दै आइरहेका छन् ।

यसबाहेक टाइगसर सानैदेखि फुटबलका सौखिन थिए । अहिले पनि फुटबल खेल्ने कुनै अवसर उनी गुमाउदैनन् । शरीरलाई फिट राख्नका लागि उनी खानेकुरामा पनि असाध्यै सचेत छन् । कुनै पनि कुरा खानुअघि १० पल्ट सोच्ने गरेको उनीले बताए । खानामा साकाहारी खान रुचाउँने टाइगर डाइटका कारण केही मात्रामा मासु पनि खानुपर्ने बताउँछन् ।

उनका अनुसार उनले धुम्रपान र मध्यपान गर्ने गरेका छैनन् । उनको खानाको लागि रुटिन नै बनाएका छन् । बिहान उठ्नेबित्तिकै अन्डको सेतो भाग मात्रै रहेको अमलेट, केही ड्राइफुड, लन्चमा ब्राउन राइस, चिकन र ब्वाइल तरकारी खान्छन् । बेलुकातिर प्राटिन शेक र रातको खानामा ब्रोकाउली लगायत सब्जीहरु हुन्छन् ।

अहिले उनको लागि जीवनको पहिलो प्राथमिकता नै फिटनेश बनेको छ । त्यसपछि मात्रै नातागोता, साथीभाईले समय पाउने गरेका छन् । उनी जिममा शरीरका विभिन्न भागको छुट्टा छुट्टै ब्यायाम गर्दै आएका छन् ।

Tiger Shroff

विशेष