स्वास्थ्य

टाउको दुख्ने समस्या छ ? अपनाउनुहोस् यी ५ तरिका

टाउको दुख्ने समस्या छ ? अपनाउनुहोस् यी ५ तरिका

साउन १८ । तनाव, शरीरमा पानिको मात्रा कम, चर्को घामजस्ता विविध कारणहरुले टाउको दुख्ने समस्या निम्त्याउँछन् । सामान्य मानिने टाउको दुखाइले ठूलो कष्ट दिइरहेको हुन्छ । यस्ता उपाय अपनाउँदा टाउको दुखाइबाट मुक्ति पाउन सकिन्छ ।

१) पानी — हाम्रो शरीरमा ७० भन्दा बढि प्रतिशत पानीको मात्रा हुन्छ । त्यसकारण पनि पानी शरीरको लागि निकै महत्वपूर्ण मानिन्छ । विभिन्न अनुसन्धानले देखाएअनुसार पर्याप्त पानी पिउँदा टाउको दुख्ने समस्या कम हुँदै जान्छ । पानीको बोतल जहाँ जाँदा पनि सधैं बोक्नुहोस् र खाली हुनासाथ नबिर्सी भरिरहनुहोस्, ताकि बढी पानी खानुपर्छ भनेर बोतलले नै तपाईंलाई सम्झना दिलाइरहोस् ।

२)  क्याफिन —  क्याफिनले दुखाइ कम गर्न सक्छ । ‘सिस्टमेटिक रिभ्यु द्याट इन्क्लुडेड फाइभ हेडेक स्टडिज’ अन्तर्गत एक हजार पाँच सय तीन जना सहभागीमा गरिएको परीक्षणमा क्याफिनले दुखाइ कम गर्ने देखाएको थियो । विभिन्न अनुसन्धानले देखाएअनुसार बढी मात्रामा क्याफिन सेवन गर्नेलाई ‘नन–माइग्रेन’ टाउको दुखाइ महिनामा ७ पल्टभन्दा कम मात्र हुने गरेको पाइयो । यसमा क्याफिनको बढी मात्राले टाउको दुखाइ घटाउने तथ्य पाएको थियो ।

अनुसन्धानकर्ताले सबैभन्दा थोरै क्याफिन (दैनिक १२५ मिलिग्राम) सेवन गर्नेहरूलाई भने महिनामा १४ पल्टभन्दा बढी टाउको दुख्न सक्ने तथ्य पत्ता लग्यो । ती सहभागीहरू बढी संवेदनशील र क्याफिनप्रति उदासिन भएका कारण यस्तो हुन सक्ने अनुसन्धानकर्ताले बताए ।

निदाएका बेला टाउको दुख्ने रोगलाई हिप्निक हेडेक भनिन्छ । आक्कलझुक्कल कसैकसैलाई मात्र हुने हिप्निक हेडेकमा १५ मिनेटदेखि ३ घन्टासम्म टाउको दुख्न सक्छ र यो खासगरी बुढापाकालाई हुन्छ। हिप्निक हेडेकको उपचार कडा कफी खुवाएर गरिन्छ ।

३) उपवास — केही व्यक्तिमा उपवासपछि पनि टाउको दुख्ने गर्छ । खासगरी बेलुकी ६ बजेदेखि अर्को दिन बिहान १० बजेसम्म भोकै बस्दा यसरी टाउको दुख्ने गर्छ । डेनमार्कमा गरिएको एउटा अनुसन्धानले २५ जनामध्ये एक जनालाई यस्तो उपवासका कारण टाउको दुख्ने गरेको पत्ता लगाएको थियो ।
दुखाइमा केही नखाई खाली पेटमा गर्नुपर्ने रगत वा अन्य परीक्षण तथा उपवासबाट शारीरिक वजन घटाउँदा वा अत्यन्त न्यून ऊर्जायुक्त भोजन (लो एनर्जी डाइटिङ) गर्दा टाउको दुख्न सक्छ ।

यस्तो टाउको दुखाइमा पनि कफी सेवनबाट सुधार हुन सक्छ। रगतलगायत परीक्षणमा भोको पेट बस्नुको साटो कस्ता तरल पदार्थ खान हुन्छ (जस्तै चिया, कफी, पानी आदि) जानकारी लिने ।
अर्को एउटा ‘थर्टिफोर पिपल विद न्यु–अनसेट माइग्रेन’ अध्ययनमा राति केही खाएर सुत्नेहरूलाई नखाइ सुत्नेको तुलनामा टाउको दुख्ने सम्भावना ४० प्रतिशत थोरै पाइएको थियो। अध्ययनमा एक महिनासम्म सबै सहभागीको तथ्यांक राखेर विश्लेषण गरियो। यस्तो टाउको दुखाइबाट जोगिन राति भोकै नसुत्नु बेस हुन्छ ।

४) मध्यपान —  अल्कोहल (मध्यपान) का कारण हुने ‘ह्याङओभर’को पहिलो लक्षण नै टाउको दुख्नु हो। तर, एक पेगदेखि कतिसम्म अल्कोहल पिए ह्याङओभर हुन्छ भन्ने व्यक्तिअनुसार फरक पर्छ।
अल्कोहल पिएपछि फुट्नेगरी टाउको दुख्नु, छिटोछिटो पिसाब लाग्नु र वान्ता गर्नुले ‘डिहाइड्रेसन’को जोखिम बढाउँछ। यसले रगतमा समेत परिवर्तन गर्छ र मस्तिष्कमा अक्सिजनको प्रवाह कम हुन्छ ।

कलेजोले रगत–मस्तिष्कको क्षमताले धान्नेभन्दा धेरै भएर अल्कोहल पचाउनु (मेटाबोलिज्म) परेपछि ह्याङओभर हुनेगर्छ । अल्कोहलले तनावका कारण हुने टाउको दुखाइ, अधाहा (आधा टाउको दुख्ने) र माइग्रेन समेत निम्त्याउन सक्छ । अल्कोहलका मामिलामा बुद्धिमत्तापूर्ण सुझाव भनेकै, आफूले पचाउन सक्नेगरी पिउने, खाली पेटमा अल्कोहल सेवन नगर्ने र पानीको मात्रा बढाउने नै हुन् । र, तपाईं अल्कोहलप्रति धेरै संवदेनशील हुनुहुन्छ भने सेवन नगर्नु नै उत्तम विकल्प हो ।

५. फोलेटयुक्त भोजनको मात्रा   हालै गरिएको एउटा अध्ययनले फोलेटयुक्त भोजनको कमीका कारण बारम्बार माइग्रेन दुख्ने गरेको तथ्य पत्ता लगाएको थियो । त्यसैले हरिया सागपात, गेडागुडी, बिउ, कुखुराको मासु, अन्डा, सुन्तला, कागती, अंगुर, भोगटेजस्ता फलफूल पर्याप्त मात्रामा खाने गर्नुपर्छ ।

(स्वास्थखबरबाट)

headache

विशेष