अपराध सुरक्षा मुख्य समाचार

फेसबुकमा रेणुलाई गालीगलौज गरेको आरोपमा देवी ज्ञवालीका छोरा पक्राउ

फेसबुकमा रेणुलाई गालीगलौज गरेको आरोपमा देवी ज्ञवालीका छोरा पक्राउ

साउन १८ । भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेणु दाहाललाई सामाजिक सञ्जाल फेसबुकबाट गालीगलौज गरेको आरोपमा प्रहरीले निरब ज्ञवालीलाई पक्राउ गरेको छ ।

निरब भरतपुर महानगरमा नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा हुन् । उनलाई बुधबार पुतलीसडकबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको हो ।

भरतपुर महानगरको मतपत्र च्यातिएपछि निरबले माओवादी उम्मेदवार रेणु दाहाललाई अपशब्द प्रयोग गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।
सोही स्टाटसका आधारमा रेणुका पती अनिलकुमार पाठकले चितवन प्रहरीमा उजुरी दिएका थिए । पाठकले डोटीका एसबी भनिने सन्तोष बोहोराविरुद्ध पनि उजुरी दिएका थिए ।

चितवन प्रहरीले साइबर क्राइममा मुद्दा दायर गरी पक्राउ गर्न काठमाडौं प्रहरी परिसरमार्फत आग्रह गरेकाले उनलाई पक्राउ गरिएको हो । ज्ञवालीले रेणु दाहालप्रति अपशब्द प्रयोग गरेको स्टाटस आलोचनापछि हटाएर फेसबुकबाटै माफी मागेका थिए ।

Nirab Gyawali

विशेष