मनोरञ्जन विचित्र विश्व

पत्याउनै गाह्रो हुने विश्वका अनौठा कानुन यस्ता छन्

पत्याउनै गाह्रो हुने विश्वका अनौठा कानुन यस्ता छन्

साउन १८ । संसारमा धेरै विचित्र कुराहरु हुन्छन् जसबारे कमैलाई ज्ञान हुन्छ । त्यस्तै कानूनको मामलामा पनि संसार विचित्र छ । विश्वभरका सबै देशहरुमा आ आफ्नै किसिमका कानुनहरु छन् । ती कानुनहरु जतिसुकै अनौठा भएपनि त्यहाँका नागरिकहरुले नियमको पालना गर्नैपर्ने हुन्छ । यस्ता छन् सुन्दा अनौठा लाग्ने यी देशका कानून ।

१. मिलान, इटली

इटलीको मिलान शहरमा कसैलाइ नहाँसी बसेको देखियो भने पनि मोटो रकमको जरिवाना तिराइन्छ । अस्पताल र अन्तिम संस्कार गरिरहेको स्थान बाहेक यो कानुन शहरभरि अरु जुनसुकै ठाउँमा पनि लागू हुनेछ । त्यसैले यदि तपाई मिलानमा घुम्न जाँदै हुनुहन्छ भने आफ्नो अनुहारमा हाँसो राखिरहनुहोस् ।

२. स्वीट्जरल्यान्ड

स्वीट्जरल्यान्डमा दिनभरि जतिसुकै होहल्ला भएपनि रातिको १० बजेपछि त्यहाँ ठूलो आवाज निकाल्न पाइँदैन । विशेषगरी शौचालयको फ्लस प्रयोग गर्न त्यहाँ प्रतिबन्ध लगाइएको छ । ध्वनि प्रदुषण कम गर्नका लागि त्यहाँ यस्तो कानुन राखिएको हो ।

३. अमेरिका, ओकलाहो

अमेरिकाको ओकलाहोमा यदि तपाईले बाटोमा देखेको कुनै पनि कुकुरलाई जिस्काउनु भयो वा दुर्व्यवहार गर्नुभयो भने त्यसलाई अपराधका रुपमा लिइन्छ । कुकुरलाई हेरेर आफ्नो अनुहार बिगारेको देखिएमा पनि तपाई जेलमा कैद हुनुहुनेछ ।

४. डेनमार्क

डेनमार्कको रेस्टुरेन्टमा ग्राहकको खुब सेवा गर्ने गरिन्छ । त्यहाँ आउने ग्राहकहरुलाई दिइने सुविधा सुनेर जोकोही पनि खुसी हुने गर्छन् । वास्तवमा तपाई रेस्टुरेन्टको खानासँग सुन्तुष्ट नभएसम्म तपाईबाट कुनै पैसा लिइदैन । तपाईले पेटभर खाना खाएर सन्तुष्ट हुनुभयो भने मात्र पैसा तिर्नुपर्ने हुन्छ ।

५. हङकङ

हङकङको कानुन अनुसार पतिले आफूलाई धोका दिएको पाएमा पत्नीले हत्या पनि गर्न पनि पाइन्छ । कुनै पनि किसिमले आफूलाई धोका दिएको थाहा पाउँदा पतिको हत्या गरेमा त्यहाँ अपराध मानिदैन । तर हत्याका क्रममा पत्नीले कुनैपनि हतियार र साधन प्रयोग गर्न पाउने छैनन् । यो हङकङको सबैभन्दा अनौठो कानुन हो तर धेरैलाई यसका बारेमा अझै पनि थाहा छैन ।

६. सिङ्गापुर

सिंगापुरमा चुइङगम खान प्रतिबन्ध लगाइएको छ । सार्वजानिक स्थानमा चुइङगम चपाएमा तपाईले कडा सजाय भोग्नुपर्ने हुन्छ । वास्तवमा सफाइका लागि यस्तो कानुन बनाइएको हो ।

kanun

विशेष