मनोरञ्जन

यस्तो आयो पलको जोनी जेन्टलमैनको ट्रेलर (भिडियो सहित)

यस्तो आयो पलको जोनी जेन्टलमैनको ट्रेलर (भिडियो सहित)

काठमाडैं । फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पूजा शर्मा पछि अब अभिनेता पल शाहले आँचल शर्मासँग जोडि बाँधेका छन् । फिल्म ‘जोनी जेन्टलमैन’ को हालै सार्वजनिक भएको ट्रेलरमा पल र आँचलको जोडी सुहाउँदो देखिएको छ ।

भाद्र ३० गते प्रदर्शनमा आउन लागेको फिल्मलाई नितिन चन्दले निर्देशन गरेका हुन् । फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरिको मुख्य भूमिका रहेको छ ।

पल र आँचलले यसअघि पनि फिल्म ‘नाइ नभन्नु ल ४’ मा एकसाथ काम गरिसकेका छन् । ट्रेलरमा एक्सन, कमेडी र रोमान्सको मिश्रण देख्न सकिन्छ ।

Paul Shah, Aanchal Sharma

विशेष