मनोरञ्जन

शाहरुख र सलमानको फ्लप फिल्मबारे सोधिएको प्रश्नमा आमीरको यस्तो जवाफ

शाहरुख र सलमानको फ्लप फिल्मबारे सोधिएको प्रश्नमा आमीरको यस्तो जवाफ

एजेन्सी । पछिल्ला केही समयमा शाहरुखअभिनित फिल्महरु फ्लप हुँदै आएका छन् । त्यस्तै बलिउडको बक्सअफीसको अर्का खम्बा मानिने सलमान खान अभिनित फिल्म ‘ट्युबलाइट’ पनि फ्लप भएपछि यसबारे चर्चा अझै सेलाएको छैन । यस विषयमा अर्का अभिनेता आमीर खानले पनि मुख खोलेका छन् ।

भारतीय मिडियाले जनाएअनुसार यसबारेमा आमीरलाई प्रश्न गर्दा उनले भने, ‘अहिले ट्रेण्ड बद्लीरहेको छ । हामी सबैको करियरमा उत्तर चढाव आउँछ र त्यो भइ नै रहन्छ ।’

यही अक्टोबर १९ मा आमीर खान अभिनित फिल्म ‘सेक्रेट सुपरस्टार’ रिलिज हुँदै छ । फिल्ममा जायरा वासिमले मुख्य भूमिका निभाएकी छिन् ।

विशेष