मनोरञ्जन

एक करोडको फिल्म बनाउँदै ऋषी धमालाकी पत्नी

नायिका अाफैं बन्ने

एक करोडको फिल्म बनाउँदै ऋषी धमालाकी पत्नी

काठमाडौं । पत्रकार ऋषी धमालाकी श्रीमती एलिजा गौतमले फिल्म बनाउने भएकी छिन् । केही दिनदेखि मिडियामा चलेको यो हल्लालाई एलिजाले साँचो साबित गर्दै छिन् ।

फिल्मको नाम भने अहिल्यै नै टुंगो लागिसकेको छैन । तर, फिल्ममा उनी आफैं नायिकाको रुपमा देखिदैं छिन् । एलिजाले फिल्मका निर्देशक , नायक र संगीतकारको नाम पनि सार्वनजनिक गररिसकेकी छिन् ।

फिल्मलाई सत्यराज चौलागाईले निर्देशन गर्दै छन् भने दीपक घिमिरे नायकको रुपमा देखदैँ छन् । संगीतको जिम्मेवारी भने सुगम पोख्रेलले लिने बताइएको छ । फिल्मको छायांकन भने दशैं तिहार पछि सुरु हुने बताइएको छ । त्यस्तै फिल्मको बजेट एक करोडको हाराहारीमा हुनेछ ।

Aliza Gautam

विशेष