रुनीको प्रिमियर लिगमा २०० गोल पुरा

इंग्लिश प्रिमियर लिगमा वायन रुनीले आफ्नो गोल संख्या २०० पुर्याएका छन् ।
१३ वर्षपछि पुरानै क्लब एभर्टनमा फर्केका रुनी प्रिमियर लिगमा २०० गोल गर्ने दोस्रो खेलाडी हुन् । प्रिमियर लिगमा सबैभन्द बढी गोल गर्ने खेलाडी एलन शियरर हुन् । उनले लिगमा २६० गोल गरेका छन् ।
सोमबार राति एभर्टनको घरेलु मैदानमा म्यानचेस्टर सिटीसँगको खेलमा गोल गर्दै रुनीले उक्त कीर्तिमान बनाएका हुन् । उक्त खेल भने १–१ गोलको बराबरीमा रोकियो ।
Wayne Rooney Premier League