मनोरञ्जन

दोस्रो पटक विवाह गर्दै इशा

दोस्रो पटक विवाह गर्दै इशा

एजेन्सी । बलिउड अभिनेत्री इशा दिओलले दोस्रो पटक विवाह गर्ने भएकी छिन् । यसको अर्थ उनले पतिलाई डिभोर्स दिएर अर्को विवाह भने गर्न लागेकी होइनन् ।

यतिबेला इशा गर्भवती भएकी छिन् । पहिलो सन्तानको आशामा रहेकी इशाको केही दिन पछि ‘बेबी सावर’ हुँदैछ । त्यही दिन उनले आफ्ना पति भरत तख्तानीसँग दोस्रो पटक विवाह गर्न लागेको भारतीय मिडियाले जनाएको छ । विवाहबारे बोल्दै उनले भनिन्, ‘यो पटक सिंथी रितिरिवाजमा विवाह हुन्छ । पण्डित मन्त्रलाई हिन्दीमा पनि भनिन्छ जसको कारण मेरा ससुरालवालाई पनि बुझ्न सजिलो हुन्छ । मेरो जिन्दगीमा मेरा पिता र पति दुवैको ठूलो भूमिका छ ।’

इशाको ‘बेवी सावर’ र विवाह एकसाथ २४ अगस्टमा हुने बताइएको छ । आफ्नो परिवार र नजिकका इष्टमित्रको साथमा यो सम्पन्न गरिने इशाले बताएकी छिन् ।

Esha Deol

विशेष