मनोरञ्जन

रानी र ऐश्वर्याबीचको १४ वर्षको शितयुद्ध, यस्तो छ कारण

रानी र ऐश्वर्याबीचको १४ वर्षको शितयुद्ध, यस्तो छ कारण

एजेन्सी । १४ वर्षपछि अभिनेत्री रानी मुखर्जी र ऐश्वर्या राय वच्चनले एकसमथ एकै फ्रेममा फोटो खिचाएका छन् । श्रीदेवीको जन्मदिनको पार्टीमा यी दुई एकै फ्रेममा देखिएका थिए ।
दुवैबीच सन् २००३ मा शाहरुख खानको फिल्म ‘चल्ते चल्ते’ लाइ लिएर शितयद्ध सुरु भएको थियो । किनभने फिल्ममा एश्वर्यालाई रानीको कारणले रिप्लेस गरिएको थियो ।

दुवैजनाको शितयुद्ध त्यतिबेला चर्को भयो जब ऐश्वर्याले रानीका प्रेमी अभिषेश वच्चनसँग विवाह गरिन् । उक्त विवाहमा रानीलाई निम्तोसमे पनि दिइएन । त्यसपछि यी दुई अभिनेत्रीको सम्बन्धबारे बलिउडमा सबैलाई पानी जसरी छर्लंग भयो ।

त्यसैबीच जब रानीलाई अभिषेकको विवाहबारे प्रश्न गरियो उनले भनिन्, ‘मलाई विवाहमा किन बोलाइएन भन्ने प्रश्नको उत्तर अभिषेकले मात्र दिन सक्छन् । यदि कसैले तपाईलाई विवाहमा निमन्त्रणा गर्दैन भने उसको र तपाईको सम्बन्ध कस्तो हो भनेर सजिलै अन्दाज लगाउन सकिन्छ । मानिसहरु यही भ्रममा थिए की हामी साथी हौँ तर, हाम्रो दोस्ती फिल्मको सेटमा मात्र सिमित थियो ।’

रानी र एश्वर्या कुनै समय बेस्ट फ्रेण्डसमेत थिए । यसबारे बोल्दै उनले ऐश्वर्यासँगको सम्बन्ध राम्रो रहेको भन्दै उनले भनिन् ,‘यो प्रश्न मलाइ भन्दा पनि ऐश्वर्यालाइ सोध्नु उचित हुन्छ । हामी एकअर्काकोे फ्यान हौँ ।’

Rani Mukarjee, Aishwarya

विशेष