खेल

प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र एभर्टनले बराबरी खेले

प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र एभर्टनले बराबरी खेले

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा म्यान्चेस्टर सिटी र एभर्टनले १-१ गोलको बराबरी खेलेका छन् ।

सिटीको मैदान इत्तिहाद स्टेडियममा भएको खेलको ३५ औं मिनेटमा वायन रुनीले गोल गर्दै एभर्टनलाई अग्रता दिए । ४४ औं मिनेटमा सिटीका कायल वाल्कर दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटियो । दोस्रो हाफको ८२ औं मिनेटमा म्यान सिटीका राहिम स्टर्लीङले एक गोल फर्काउँदै खेल बराबरी गरे ।

यसपछि एभर्टनका मोर्गन स्नाईडर्लीनले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिए । यो बराबरीपछि प्रिमियर लिग फुटबलको नयाँ सिजनको सुरुवाती दुई खेलबाट दुबै टोलीले ४-४ अंक बटुलेका छन्

विशेष