मनोरञ्जन

कुनै समय होटलमा काम गर्ने यी अभिनेत्री, ‘किसिङ सिन’ दिएरै आइन् चर्चामा

कुनै समय होटलमा काम गर्ने यी अभिनेत्री, ‘किसिङ सिन’ दिएरै आइन् चर्चामा

एजेन्सी। बलिउड अभिनेत्री वानी कपूर आज आफ्नो २९ औं जन्मदिन मनाउँदै छिन् । टुरिजममा ग्राजुवेसन गरेपछि उनीे होटल इन्डस्ट्रिमा आबद्ध भएकी थिइन् । होटलमा काम गर्दा गर्दै मोडलिङको अफर पाएकी उनी मोडलिङसँगै फिल्ममा आउन थालिन् ।

बलिउडका धेरै फिल्ममा गरिसकेकी वानीले चर्चा पाउनका लागि रणवीर सिंहसँग किसिङ सिन नै दिनुपर्यो । ‘आहा कल्याणम’, ‘शुद्ध देशी रोमान्स’ जस्ता फिल्ममा काम गरेर खासै चर्चा नपाएकी वानीलाई फिल्म ‘बेफीक्री’ मा रणवी सिंहसँगको किसिङ दृश्यले नै चर्चामा ल्यायो ।

वानीका पिता छोरीले फिल्ममा काम गरोस् भनेर चाहदैनथे । छोरीले छिटै विवाह गरेर घरबार बसालेको हेर्न चान्थे उनका बाबु । तर, मोडलिङमा सक्रिय हुन थालेपछि उनले फिल्ममै करियर बनाउनेबारे सोचिन् । आमाले यसमा साथ दिएपछि बाबुलाई पनि मनाउन सफल भइन् वानी ।

Vaani Kapoor

विशेष