मनोरञ्जन

हलिउडबाट फर्किन नपाउँदै प्रियंकालाई २५ फिल्मको ओइरो

हलिउडबाट फर्किन नपाउँदै प्रियंकालाई २५ फिल्मको ओइरो

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’ को सुटिङ सक्काएर घर फर्किएकी छिन् । भारतीय मिडियाले जनाएअनुसार भरत आएपछि प्रियकांलाई २५ वटा बलिउड फिल्मको स्कृप्ट पढ्न दिइएको छ ।

ती स्कृप्टमध्ये एक उनलाई फिल्म ‘पिंक’ का निर्देशक अनिरुद्ध रोय चौधरीले दिएका हुन् । त्यस्तै प्रियंकालाई अली अब्बास जफर, विशाल भारद्वज र धर्म प्रोडक्सनबाट पनि अफर आएको छ ।

रिपोर्टअनुसार, प्रियंका अब सञ्जय लिला भन्सालीको आउँदो फिल्म ‘गुस्ताखियां’ मा देखिदैँ छिन् ।

विशेष