खेल

राखेपाका उपाध्यक्ष शेर्पालाई जिम्मेवारी मुक्त

राखेपाका उपाध्यक्ष शेर्पालाई जिम्मेवारी मुक्त

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेन्डी शेर्पालाई युवा तथा खेलकुद मन्त्रालयले जिम्मेवारीबाट मुक्त गरेको छ ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन) ले मंगलबार राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेख्दै उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुद सम्बन्धी कुनै काम नलगाउन निर्देशन दिएका छन् । टेन्डीविरुद्ध करिब तीन वर्ष अघिदेखिनै फौजदारी मुद्दा चलिरहेका कारण भन्सार कार्यालयबाट प्राप्त पत्रका आधारमा राखेपका अध्यक्ष समेत रहेका मन्त्रीले मंगलबार यस्तो निर्देशन दिएका हुन् ।

सुन काण्डमा मुसिएका शेर्पालाई भन्सारबाट प्राप्त पत्रको आधारमा मुद्दाको किनारा नलाग्दा सम्म खेलकुदको कुनै पनि काम नगर्नु नगराउनु भनि मन्त्री केसीले निर्देशन दिएका हुन् ।

नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघका महासचिव समेत रहेका शेर्पा अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव र नेपाल बास्केबट संघका अध्यक्ष हुन् । उनी एमालेको सिफारिसमा तीन वर्षअघि राखेप उपाध्यक्षमा मनोनित भएका थिए ।

हङकङबाट काठमाडौं फर्कने क्रममा भन्सार छलेर करिब २५ तोला सुन ल्याउँदै गर्दा शेर्पा २०७१ चैत १४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए । पछि उनी १३ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

RAKHEPA Tendi Sherpa

विशेष