खेल

समूह विजेता बन्दै भारत नकअाउटमा प्रवेश, नेपालकाे कम्जाेर डिभेन्स लार्इन

समूह विजेता बन्दै भारत नकअाउटमा प्रवेश, नेपालकाे कम्जाेर डिभेन्स लार्इन

काठमाडौँ । पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा समूह ‘बी’ को विजेता भएकाे छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा २–१ गोलअन्तरले नेपाललाई घरेलु मैदानमा पाखा लगाउँदै समूह ‘बी’ को विजेता बनेको हो । खेलको २६ औं मिनेटमा भारतले प्रहार गरेको फ्रि किक नेपालका गोल किपर विशाल सुनुआरले सम्हाल्न नसक्दा कप्तान विक्रम प्रताम सिंहले भारतको लागि पहिलो अग्रता दिलाए । तर ४० औं मिनेटमा नेपालले पेनाल्टीबाट खेलमा फर्कने अवसर पायो । रोशन राना मगरले प्रहार गरेको पेनाल्टी भारतीय गोलकिपरले रोकेपनि रिबाउन्ड बललाई गोलमा परिणत गर्दै कप्तान रोशनले खेल पहिलो हाफमै बराबरीमा ल्याए ।

त्यस्तै, खेलको ६४औँ मिनेटमा रवि रानाले लामो दूरीको फ्रि किकलाई सिधै गोलमा परिणत गरेसँगै भारतले २–१ को अग्रता बनाउन सफल रह्यो । नेपालले दोस्रो हाफमा आक्रमक खेल्दै गोल गर्ने पौका पाएपनि गोलमा परिणत गर्न भने सफल भएनन् ।

u-15 saff championship nepal

विशेष