छतबाट खसेर बालकको मृत्यु

सुरुङ्गा (झापा) । घरको छतबाट खसेर झापामा आज एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० खयरडाँगी निवासी टीकाराम रसालका दुई वर्षीय छोरा जोना रसाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छतमा खेल्ने क्रममा उनी भुइँमा खसेर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो ।
child