मनोरञ्जन

सविना अधिकारीको स्वरमा हातैमा चुरा सिरैमा सिन्दुर गीत सार्वजनिक

सविना अधिकारीको स्वरमा हातैमा चुरा सिरैमा सिन्दुर गीत सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार तुला पर्वतको संगीतमा गायिका सविना अधिकारीको स्वरमा 'हातैमा चुरा सिरैमा सिन्दुर लगाउन पाए हुन्थ्यो' म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार राजेन्द्र गौतमका शब्द शृजना रहेको गीतमा गायिका सविना सलल बगेकी छिन् ।

गायिका अधिकारीलाई संगीतकार तुला पर्वतले गायनमा डेब्यू गराएका हुन् । संगीतकार तुलाले प्रायजसो नयाँ कलाकार तथा गायक गायिकालाई अवसर दिँदै आएका छन् ।

सार्वजनिक गीतको भिडियोमा पछिल्लो समय खुबै रुचाइएकी मोडल तथा गायिका श्रृषा कुवरको दमदार अभिनय रहेको छ । जसमा श्रृषालाई मोडल अनिष मगरले साथ दिएका छन् ।

वैशाँलु उमेरकी किशोरीले आफ्नो प्रेमीको कल्पना गर्दै हातमा चुरा पोते लगाउने,सिउँदोमा सिन्दुर सजाउने र डोली चढेर आफ्ना बेहुलालाई भेट्ने ग्रामिण परिवेशको यर्थाथलाई आफ्नो कल्पनामा उतारेको कुरालाई भिडियोमा देखाइएको छ ।

भिडियोको निर्देशन तथा निर्देशक युवराज वाईवाले गरेका हुन् भने निशान घिमिरेले सम्पादन । उत्सब दाहालले छायांकन गरेको भिडियोमा राम अधिकारीको लगानी रहेको छ । ड्रिम्स स्टुडियोमा रेर्कड गरिएको गीतलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।

 

विशेष