खेल

रुनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए

रुनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए

इंग्ल्याण्ड फुटबल टोलीका कप्तान तथा सर्वाधिक गोलकर्ता वायर रुनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

विश्वकप छनौट अन्तर्गत माल्टा र स्लोभाकियासँगको खेलको बारेमा उनलाई प्रशिक्षकले प्रश्न गर्दा उनले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘हरेक पटक खेलमा छनौट हुनु मेरो लागि सुविधा रह्यो । तर अब मेरो बाहिरिने समय आइसक्यो ।’

म्यानचेष्टर युनाइटेडका पूर्व कप्तान समेत रहेका रुनीले ११९ क्याप जितेका छन् भने ५३ गोल गरेका छन् ।

सन् २००४ मा उनले १८ वर्षको उमेरमा युरोकपमा डेब्यू गरेका थिए । राष्ट्रिय टोलीबाट उनले नोभेम्बरमा स्कटल्याण्डविरुद्ध खेलेको खेल अन्तिम खेल थियो । उक्त खेलमा इंग्ल्याण्ड ३–० ले विजयी भयो ।

 

Wayne Rooney football resign

विशेष