समाज

बाढीपीडितलाई मनीषाको राहत

बाढीपीडितलाई मनीषाको राहत

रौतहट ।  रौतहटका बाढीपीडितलाई बलिउड अभिनेत्री मनीषा कोइरालाले राहत वितरण गरेकी छिन्। बाढीले अति प्रभावित रौतहटको बसन्तपटीका पीडितहरुबीच कोइरालाले डिग्नीकिट वितरण गरेकी छिन्।

युएनएफपिएकी सद्भावना दूत रहेकी कोइरालाले मंगलवार बाढीपीडित प्रभावित क्षेत्रका गर्भवती, सुत्केरी, एकल महिला तथा फरक क्षमता भएका ८६ महिलाहरुलाई साडी, पेटिकोट, चोलो, पेन्टी, टुथपेस्ट, साबुन, तेल, छाता, टर्च लगायतका चौधवटा सामग्रीले भरिएको मर्यादा सामग्री डिग्नीकिट प्रदान गरेकी हुन् ।

विशेष