९० सालको भूकम्पको दिन के के भयो ? यो पढौं
वि.स. १९९० माघ २ गतेको दिन सवा दुई बजे नेपाल अधिराज्यभर एकै साथ भारततर्फ पनि अकस्मात करिब पाँच मीनेटसम्म ७ दशमलब ५ रेक्रटर स्केलको भूकम्प गयो ।
त्यसपछि पनि सोहि दिन र पछि पनि पटक पटक गरी सानो सानो भूकम्प गइनै रह्हो । भूकम्पले गर्दा बाटोघाटो टेलिफोन सबै बन्द भए । भूकम्प गएको दिन काठमाडौंमा जताततै हाहाकार हुन थाल्यो । कुनामा ठूलो स्वर गुन्जिरहेका सुनिन्थो । सबै अमतंक मानी दौडधुप गरेका मात्र देखिन्थे । श्री ३ जुद्ध शम्सेर सिकारका लागि तराई गएका थिए । तसर्थ महाभूकम्प साम्य हुना साथ रुद्रसम्सेर तुरुन्त टुडीखेलमा पुगी खरीको बोटको चौताराबाट बिगुल फुक्न लगाए । कारण घरहरा ३ टुक्रा भए भत्कनाले हो ।
भाई भारदार जंगी निजामतीलाई सक्दो सामेल गराई ठाँउठाँउमा अफिसर र सेनाका जवानको टोली बनाउँदै तीनै सहरमा भूकम्पमा परेका र पुरिएकाको उद्धार गर्ने र लास झिक्ने कार्यमा खटाए धमाधम अस्पताल र शिविरमा पठाउन थोले दरबारका भाई भारदारलाई आफ्ना कम्पाउण्ड जनताका लागि बस्न छाडिदिन आग्रह गरे, साथै जनताका लागि सक्दो रसदको प्रबन्ध मिलाए । छाप्रोझै बस्नका लागि जनतालाई सरकारी टिन जरुरत अनुसार बाँडिदिए । जम्मा भएका भाई भारदारलाई जेजे सकिन्छ जनतालाई वितरण गर्न अनुरोध गरे । रातमा चोरी गर्ने र नाजायज फाइदा उठाएको सूचना पाएकोले कफ्यु लगाए । शंका लागेमा प्रहरीलाई गोली चलाउन उर्दी गरियो ।
केहि सेनाका जवानले आफ्ना आमा बाबु जहान बच्चाहरु भूकम्पबाट पुरिएकाले अथवा मृत्यु भई किरियाकर्मका लागि विदा दिई छाडिदिए । पछि विरोध गरेपछि विदा पाएनन ।
श्री ५ महाराजधिराजको नारायणहिटी राजदरबार भत्केर श्री ५ त्रिभुवनका दुई राजकुमारीको मृत्यु भयो भने श्री ३ जुद्धका नतिनी कर्णेल विक्रमशम्सेरकी छोरीको पनि मृत्यु भयो । उपरोक्त सबै मृतकको समेत व्यवस्ता मिलिाई सिकार सवारी गएक श्री ३ जुद्धलाई महाभूकम्प विषयको यथार्थ सूचना लेखि आफूले गरके सम्पूर्ण कार्य व्यवस्था समेतको जानकारी दिएर पत्र लेखी पठाउन रुद्रसम्शेरलाई समय लाग्यो ।
घटना र बिचारबाट