मनोरञ्जन

आयोजककी गर्लफ्रेन्ड लिजा श्रेष्ठ र जजकी बहिनीले पाए मिसेस तिज आइकनको ताज

आयोजककी गर्लफ्रेन्ड लिजा श्रेष्ठ र जजकी बहिनीले पाए मिसेस तिज आइकनको ताज

काठमाडौं । कस्तो खुराफाती दिमाग ! एउटै व्यक्तिले दुई तीन महिनाको फरकमा सौन्दर्य प्रतियोगिता गराउने । र, आफू निकटसँग मोटो रकम लिएर ताज पहिर्‍याई जग हँसाउने । देशका नागरिक बाढी पहिरोका कारण भयावह अवस्थामा गुज्रदै गर्दा झरना थापालगायत मिसेज तीज आइकसको खोजी गर्दै थिए ।

निश्चल जोशीलगायत केही पैसावाललाई लाइनमा लाउन सक्रिय थिए कोरियोग्राफर अभिमन्यु शर्मा । उनले टनेल ग्रुपका निश्चल जोशीलाई अगाडि लगाएर शर्मिला सुब्बा बस्नेत, किरण ठकुरी कल्पना श्रेष्ठ, ममता बस्नेतलगायत सात जनालाई आयोजक बनाए । फागुनमा मिस क्विन, वैशाखमा लिटिल मिस प्रिन्स एन्ड प्रिन्सेज आयोजना गरेका अभिमन्युको इभेन्ट वेटर ग्यालेक्सीले अस्ति होटल र्‍याडिसनमा मिसेज तीज आइकल २०१७ आयोजना गर्‍यो ।

४० वर्षभन्दा कम उमेरका विवाहित महिलामाझ सम्पन्न प्रतियोगिताको निर्णायक थिए, नायिका झरना थापा, इभेन्ट वेटर ग्यालेक्सीका सञ्चालक धीरज तण्डुकार, नारी पत्रिकाकी लक्ष्मी भण्डारी, साप्ताहिकका कृष्ण भट्टराई,  फिमेल हाउसकी सुष्मा महरा, ममता बस्नेत, अनुप पहाडी, संगीता रौनियारलगायत ।
गर्लफ्रेन्ड लिजा श्रेष्ठलाई पहिलो बनाइ दिए । यो देखेपछि सौन्दर्य प्रतियोगितालाई केही व्यक्तिले यसरी कमाइ खाने भाँडो बनाएका रहेछन भन्ने प्रष्ट भएको छ । यिनै निर्णायकमध्ये एक अनुप पहाडीकी बहिनी बन्दनालाई दोस्रो बनाइएको छ ।

पहिलो आयोजकले प्रतियोगितबाट मोटो रकम लियो । प्रतिस्पर्धाीसँग विभिन्न बहानामा उनीहरुले नै भनेको बुटिक सिम्ली सिटीमा कपडा सिलायो, हेमा मानन्धरले सञ्चालन गरेको बुटिकमा फोटो सुट गरायो । ड्रेस सुट, फोटो सुट र अन्य बहानामा आयोजकले प्रतिस्पर्धीसँग झन्डै एक एक लाख असुल्यो ।
आयोजलके फाइलन राउन्डका लागि पतिस्पर्धीलाई टिकट बेच्न लगायो । हजार र तीन हजार दरका टिकट थमाइएको थियो । र आश्वासन दिइयो, जसले बढी टिकट बेच्छ उसलाई पब्लीक च्वाइस अवार्ड प्रदान गरिने । प्रतिस्पर्धीहरुलाई भनियो, ‘प्रतिव्यक्ति २० वटा टिकट अनिवार्य बेच्नु पर्छ ।’

यस्तै, कारण अस्ती त्यहाँ भाँडभैलो भयो । होटल र्‍याडमा आयोजकले जब गर्लफ्रेन्ड र निर्णयककी बहिनीलाई ताज पहिर्‍याए । प्रतिस्पर्धी सोनम शाक्यले पैसा र सम्बन्धका आधारमा ताज पहिर्‍याएको प्रति आक्रोश पोखिन । उनले आयोजकको दादागिरीबारे धारा प्रवाह बोलिरहँदा हलमा ताली गुञ्जीयो । गायिका कोमल ओलीले भएकै कुरा हो भन्दै सही थपिन । त्यही बेला आयोजक अभिमन्युले स्विच अफ गरिदिए र बोल्न दिएनन् ।
–जनआस्था साप्ताहिकबाट

विशेष